Rule 20
अभिलेख सम्बन्धी व्यवस्था
  (१) ऐन र यस नियमावली बमोजिम झिकाइएका मिसिल तथा प्राप्त हुन आएका कागजहरु व्यवस्थित तरिकाले राख्ने, अभिलेखको संरक्षण गर्ने, पत्राचार गर्ने, मिसिल पठाउने आदि कार्यहरु पुनरावेदन अदालतको हकमा रजिष्टारले र जिल्ला अदालतको हकमा श्रेस्तेदारले गर्नेछ ।
(२) ऐनको दफा ४२ को उपदफा (२) बमोजिम मध्यस्थबाट मिसिल पठाउ“दा जिल्ला अदालतको अभिलेख शाखामा पठाउनु पर्नेछ ।